हेटौंडामा बाघको आक्रमणबाट दुई जना घाइते, एकको अवस्था गम्भीर
हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ सएफुटमा बाख्रा चराउन गएका दुई जना बाघको आक्रमणमा परेर घाइते भएका छन् ।
बाघको आक्रमणमा परि हेटौंडा उपमहानगरपालिका–१५ बस्ने १७ वर्षीय सुमन घलान र अर्का सोही स्थान बस्ने ५ को कृष्ण बहादुर थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
प्रवक्ता कार्कीका अनुसार बुधबार विहान घर नजिकैको चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट घलानको दाहिने कुम, ढाडको बाँया साईड, छातिमा टोकेको अवस्था सामान्य रहेको कार्कीले बताए । थिङको घाँटीमा गहिरो चोट भएको कारण अवस्था गम्भीर रहेको र दुबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको उनले बताए ।
पछिल्लो समय मकवानपुरमा जंगल जनावरको आतंक बढ्दै गएको छ । यसअघि त्यस्तै जंगली हात्तिको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो । त्यस्तै हेटौंडा १८ हर्नामाडीस्थित मानेडाँडा बस्र्ने एक महिलालाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो भने स्थानीय किसानको गाईबाख्रा मारेको थियो ।



