Birgunj News24

हेटौंडामा एक युवकमाथि धारिलो हतियार प्रहार

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क नजिक एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ ।

हेटौंडा उपमहानगरपालिका–८ फारलाईन बस्ने १७वर्षीय सन्दिप थिङमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार मंगलबार पुष्पलाल पार्क नजिक रहेको स्टेप पार्कको ट्वाईलेटमा पिशाव फेर्ने क्रममा अचानक पछाडिबाट आएर अपरिचत व्यक्तिले थिङमाथि धारिलो हतियार प्रहार गरेको हो ।

धारिलो हतियारबाट ढाड र टाउको, पिठियुमा चोट लागेको थिङको हेटौंडा अस्पतालमा सामान्य उपचारपछि चितवन रिफर गरिएको प्रवक्ता कार्कीले बताए । धरिलो हतियार प्रहार गर्ने मानिसको खोजी कार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update