Birgunj News24
प्रधानमन्त्री प्रचण्डद्वारा द्रुतमार्गको निरिक्षण

प्रधानमन्त्री प्रचण्डद्वारा द्रुतमार्गको निरिक्षण

हेटौंडा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित ३ मन्त्रीद्वारा तराई–मधेस द्रुतमार्गको निरिक्षण गरेका छन् । काठमाण्डौंबाट मकवानपुरको बुदुनेमा नेपाली सेनाको हेलीकोप्टर मार्फत आएका प्रधानमन्त्री प्रचण्ड सहितको टोलीले निरिक्षण गरेका हुन् ।

गलबार द्रुतमार्गको निरीक्षणपश्चात प्रधानमन्त्री दाहालले द्रुतमार्ग निर्माणको काम सन्तोषजनक भएको बताए । उनले निर्माणलाई तीव्रता दिन आवश्यक सम्पूर्ण नीतिगत निर्णय तत्काल गरिने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित द्रुतमार्गको निरिक्षणका लागि उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला सहितको टोलीले आएका हुन् । यता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान पनि दु्रतमार्ग निरिक्षण कार्यक्रममा पुगेका थिए ।

प्रधानमन्त्री दाहालले नेपाली सेनाको हेलिकोप्टरमार्फत निर्माणधिन फाष्ट ट्रयाकको भीमफेदी गाउँपालिका–८ महादेवटार, मकवानपुरगढी गाउँपालिका–१ र बकैया–५ पावस र रानीवन खर्कटेमा क्षेत्रको सुरुङ मार्ग, पुल र ट्र्याकको अवलोकन गरेका हुन् । अनुगमनका क्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणा, सुरक्षानिकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update