दाङको कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु
दाङ । आफैलाई गोली हानेर दाङमा एकजना सशस्त्र प्रहरी हवल्दारले आत्महत्या गरका छन् ।
आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनु भयो ।
उनि सशस्त्र प्रहरी सहायक हवल्दार पदमा रहि कारागार सुरक्षा बेस तुल्सीपुर दाङमा कार्यरत रहेका थिए ।
आइतबार बेलुका ८: ४० बजे कारागार भित्र डिउटीमा रहेको बेला एस.एल.आर.राइफलले चिउडाेमा हान्दा टाउकोकाे उपल्लाे भागबाट गाेली निस्किएको छ ।
केसीको शवलाई पाेष्टमार्टमकाे लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० ०८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



