Birgunj News24
बागमतीका सञ्चार रजिष्ट्रार सापकोटाद्वारा सपथ ग्रहण 

बागमतीका सञ्चार रजिष्ट्रार सापकोटाद्वारा सपथ ग्रहण 

हेटौंडा – बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले सपथ ग्रहण गरेका छन् । आइतबार आन्तरिक मामिला तथा कानूम मन्त्री मा गंगानारायण श्रेष्ठले सापकोटालाई सपथ ग्रहण गराएका हुन् । 

बागमती प्रदेश सरकारको चैत २८ गते मंगलबार बसेको बैठकले सापकोटालाई पुनः नियुक्ती गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सापकोटालाई प्रदेश सन्चार माध्यम ऐन २०७५ को दफा ३१ बमोजिम सन्चार रजिष्ट्रारको पदमा उक्त ऐनको दफा ३४ बमोजिम चार बर्षका लागि चैत २८ गते बुधबार गतेदेखि लागू हुनेगरी नियुक्त गरी सपथ ग्रहण गराईएको आन्तरिक मामिला तथा कानूम मन्त्रालयले जनाएको छ ।  

आन्तरिक मामिला तथा कानूम मन्त्रालयका सचिब ध्रुब गैँडाको सभा अध्यक्षमा भएको सपथ कार्यक्रममा मन्त्रालयका उपसचिवद्वय अनुशिल सापकोटा, दिपक न्यौपानेलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update