Birgunj News24
१३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

वीरगञ्ज ।  नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपी कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्यलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सूचीमा सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल समेत छन् ।

मन्त्रालयको सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update