Birgunj News24
६० लाखभन्दा बढीको सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा  

वीरगञ्ज ।  जिल्ला प्रहरी कार्यालय पर्साले ६० लाख भन्दा बढी मूल्य बराबरको सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ पावरहाउस चोकस्थित सडकखण्डबाट प्रहरीले ना. २ ख ९३९८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । 

चेकजाँचको क्रममा बिलविजकभन्दा बढीको खुद्रा, हार्डवेयर तथा लत्ताकपडा भेटिएपछि शंकास्पद लागेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रवक्ता गिरीकाअनुसार नियन्त्रीत ट्रकमा रहेका सामानलाई ६० लाख ३८ हजार १ सय ८८ रुपैयाँ मूल्यांकन गरिएको छ । 

आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update