Birgunj News24
वीरगञ्ज महानगरको आयोजनामा इफ्तारी सम्पन्न 

वीरगञ्ज, २६ चैत। वीरगञ्जको पुरानो बसपार्कमा संयुक्त इफ्तारी कार्यक्रम सम्पन्न भएको छ । 

वीरगञ्ज महानगरपालिकाको आयोजनामा भएको इफ्तारी कार्यक्रममा महानगरको ३२ वटै वडाका करिब ५ हजारभन्दा बढी मुस्लिम समुदायको सहभागिता रहेको थियो ।  

कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व रमजानको अवसर पारेर आयोजना गरिएको इफ्तारीमा सहभागि सबैलाई शुभकामना दिँदै धन्यवाद ब्यक्त गर्नु भयो । 

कार्यक्रममा महानगरका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update