Birgunj News24
वीरगञ्जका सुशोभित रंजितकार इन्टेरियर डिजाइनर्स एसोसिएशनको सदस्यमा निर्वाचित 

वीरगञ्ज ।  वीरगञ्जका इन्टेरियर आर्किटेक्ट ईन्जिनियर सुशोभित रंजितकार इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपालको सदस्यमा निर्वाचित भएका छन् । 

शनिवार काठमाण्डौमा सम्पन्न संघको १९ औँ वार्षिक साधारण सभाबाट रेड पेपर डिजाइनर्स प्रा.ली.का प्रबन्ध निर्देशकसमेत रहेका सुशोभित कार्यकारिणी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । 

श्याम बहादुर श्रेष्ठको अध्यक्षतामा निर्वाचित भएका ९ जना सदस्यमध्ये सुशोभित पनि परेका छन् । सुशोभित लामो समयदेखि इन्टेरियर आर्किटेक्टर डिजाइनींगको क्षेत्रमा सक्रिय छन् ।

वीरगञ्ज निवासी सुशोभित इन्टेरियर डिजाइनींगका लागि वीरगञ्ज मात्रै नभएर देशका विभिन्न शहरमा पनि परिचित छन् । वीरगञ्जका ठूलाठूला होटल, रेस्टुरेन्टदेखि विभिन्न कार्यालय तथा आवासीय घरहरुको समेत उनले इन्टेरियर डिजाइनिंग गरिसकेका छन् । 

नवनिर्वाचित संघको उपाध्यक्षमा ऊशा रायमाझी, महासचिवमा रामगोपाल तण्डुकर, सचिवमा अमृता श्रेष्ठ र कोषाध्यक्षमा सुशिल शिवाकोटी निर्वाचित भएका छन् । सदस्यहरुमा सुशोभितसँगै बिकास बासुकला, रितेश श्रेष्ठ र स्मृती रेग्मि पनि निर्वाचित भएका छन् । 
नवनिर्वाचित पदाधिकारी एवम् कार्यसमितिलाई निर्वाचन अधिकृत धर्मराज शाक्यले शनिवार नै शपथ ग्रहण गराएका छन् । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update