Birgunj News24
नेपाल भोजपुरी समाजको अर्काे प्रयास : भोजपुरी चित्रकला अभियान सुरु

वीरगञ्ज ।  वीरगञ्जमा भोजपुरी चित्रकला अभियान सुरु भएको छ । चित्रमार्फत भोजपुरी संस्कृती झल्काउने र विद्यार्थीलाई भोजपुरीप्रति र चित्रकलाप्रति रुची जगाउने अभिप्रायका साथ नेपाल भोजपुरी समाजले अभियानको शुभारम्भ गरेको हो । 

वीरगञ्जको प्रसिद्ध पर्यटकीय स्थल भिस्वा डाँडाबाट शनिवारदेखि सुरु गरिएको अभियानलाई निरन्तरता दिँदै जाने नेपाल भोजपुरी समाजका सचिव राजेन्द्र सिंहले जानकारी दिए । 

समाजका सहसचिव एवम् चित्रमार्फत अन्तर्राष्ट्रियस्तरमै वीरगञ्ज तथा नेपाललाई प्रतिनिधित्व गरेको अनुभव बटुलीसकेका चित्रकार एवम् कलाकार अजमत अली अंसारीले विद्यार्थीहरुलाई भोजपुरी चित्रका बारेमा प्रशिक्षण दिएका छन् । चित्रकला सिक्न पाउँदा विद्यार्थीहरु पनि उत्साहित देखिन्छन् । 

विद्यार्थीहरुलाई चित्र बनाउन प्रेरित गर्नुका साथै चित्रमार्फत भोजपुरी रहनसहन तथा संस्कृतीलाई प्रबद्र्धन गर्न सघाउ पुग्ने नेपाल भोजपुरी समाजको विश्वास छ । 

अभियानमा सामाजिक अभियानता एवम् स्वास्थ्यकर्मी अनिशकान्त कुशवाह, शिक्षक रमेश चौहान लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update