Birgunj News24
वीरगञ्जका युवाहरुको सहयोगमा १ जना अशक्तलाई ह्विल चेयर सहयोग 

वीरगञ्ज । वीरगञ्जका युवाहरुले एक जना अशक्त व्यक्तिलाई ह्विल चेयर उपलब्ध गराएका छन् । रुखबाट लडेर खुट्टामा चोट लाग्दा उपचार गर्ने रकमको अभावमा ३ वर्षदेखि थला परेका पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ निवासी जमिदार पासवानलाई युवाहरुले ह्विल चेयर सहयोग गरेका हुन् । 

सञ्चारकर्मी आशु सर्राफ, एड्स बि मिडियाका प्रबन्ध निर्देशक हिमान्शु वर्णवाल, रोहित वर्णवाल, अंकित चौरसिया, ऋषी सर्राफ र विद्यार्थी नेता शशीकान्त सर्राफसहित आदर्श वाच सेन्टर तथा प्रफेक्ट सप्लायर्सको सहयोगमा ह्विल चेयर सहयोग गरिएको हो । 

शशीकान्त सर्राफको संयोजकत्वमा बहुदरमाईमै पुगेको टोलीले जमिदार पासवानलाई ह्विल चेयर हस्तान्तरण गरेको हो । साथिहरुबाट सहयोग जुटाएर ११ हजार रुपैयाँ बराबरको ह्विल चेयर खरिद गरी सहयोग गरिएको सर्राफले बताए । 
ह्विल चेयर पाएसँगै खुशी व्यक्त गर्दै जमिदार पासवानले आफुलाई घरभित्र तथा बाहिर आउन जानमा सहज हुने प्रतिक्रिया दिए ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update