Birgunj News24
राउण्ड टेबल नेपालद्वारा वीरगञ्जमै पहिलो पटक स्कुटर र्‍याली

वीरगञ्ज । महिला स्वास्थ्य सचेतनाका लागि वीरगञ्जमा स्कुटर र्‍याली निकालिएको छ । वीरगञ्ज लेडिज सर्कलसँगको समन्वयमा राउण्ड टेबल नेपाल एरिया ३ को आयोजनामा वीरगञ्जमै पहिलो पटक स्कुटर र्‍याली निकालिएको हो । वीरगञ्जको आदर्शनगरस्थित बालमन्दिर परिसरबाट सुरु भएको र्‍याली गण्डकस्थित क्लार्क रिसोर्टमा पुगेर टुंगिएको थियो । 

र्‍यालीकै क्रममा बीचमा विभिन्न ५ स्थानमा रोकेर ८ वटा खेल पनि खेलाइएको थियो । बाल मन्दिरमै पहिलो स्थानमा बकेट टास्क, दोस्रो स्थानमा पजल र टायर टास्क, तेस्रो स्थानमा ब्यालुन, चौथो स्थान वल्र्डस् अफ वाण्डरमा पुगेर फुटसल खेलाइएको थियो भने पाँचौ तथा अन्तिम स्थानमा डल टास्क र वै टास्कका आधारमा विजेता घोषणा गरिएको राउण्ड टेबल नेपालका क्षेत्रीय परियोजना प्रमुख  दिपल खन्नाले जानकारी दिए । 

राउण्ड टेबल नेपाल एरिया ३ का अध्यक्ष आरोह मित्तलको अध्यक्षतामा भएको समापन समारोहका अवसरमा विभिन्न खेलमा विजयी भएकाहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै कार्यक्रममा सहभागीहरुमध्ये लक्की ड्र मार्फत विभिन्न उपहारहरु पनि प्रदान गरिएको थियो । र्‍यालीमा स्वास्थ्य, शिक्षा, कर्मचारी, सञ्चार लगायत विभिन्न क्षेत्रका ४५ जना महिलाहरुले सहभागिता जनाएका थिए ।


समापन समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले महिला सशक्तीकरण र महिला स्वास्थ्यका लागि राउण्ड टेबल नेपालको प्रयास सह्रानीय रहेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै उद्योग वाणिज्य संघले पनि सहकार्य गर्ने अध्यक्ष अग्रवालको भनाई थियो । 

राउण्ड टेबल नेपालका निवर्तमान कोषाध्यक्ष सुशान्त चाचानले समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा राउण्ड टेबल नेपालले सामाजिक क्रियाकलाप गर्दै आएको बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका सचिवसमेत रहेका चाचानले सबैले सामाजिक जिम्मेवारी पूरा गरेमा समाज रुपान्तरण हुन कुनै समय नलाग्ने बताउँदै महिला सशक्तीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मनिराम थापा, मनोज दास, वीरगञ्ज लेडिज सर्कलकी अध्यक्ष बिप्रा क्याल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा महिनावारी र प्रजनन स्वास्थ्यका सम्बन्धमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. श्वेता सिंहले प्रस्तुतीसमेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्य वि.क.ले गरेका थिए । 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update