Birgunj News24
पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते
फाइल तस्बिर ।

वीरगञ्ज । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

पटेर्वासुगौली गाउँपालिका-२ निवासी सुदामा महतो बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।

दाउरा लिन जंगलमा गएको समयमा महतोलाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् । महतोको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते महतोलाई श्रीपुर पँचगावास्थित गादीमाई पोलिक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गरिएको छ ।

पटेर्वासुगौली वडा नम्बर २ का अध्यक्ष बिजय गैह्रेले एम्बुलेन्सको व्यवस्था गर्नुको साथै थप उपचारका लागि पैसासमेत दिएर वीरगञ्ज पठाईएको जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update