Birgunj News24
वीरगन्जबाट १ कराेड भन्दा बढिकाे सामान सहितका ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज ।  वीरगन्जबाट प्रहरीले भारतबाट राजश्व छलेर भित्र्याइएकाे आशंकामा १ कराेड भन्दा बढि मुल्यकाे सामान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएकाे छ ।

वीरगन्जबाट मालसामान लिएर नेपालगन्ज तर्फ जाँदै गरेकाे ना८ख १६३१ र ना ४ख ३८३१ नम्बरका दुईवटा ट्रक प्रहरीले वीरगन्ज ८ घण्टाघर चाेकमा राेकेर चेकजाँच गरेकाे थियोे । चेकजाँचका क्रममा ती दुवै ट्रकबाट गरि १ कराेड ११ लाख ९९ हजार रुपैयाँ मुल्यकाे हार्डवेयर र लत्ताकपडा लगायतका सामान बरामद भएकाे पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

भन्सार राजश्व तिरेकाे बिलबिजक भन्दा बढि मुल्यकाे सामान फेला परेपछि सामान सहितका दुवै ट्रक नियन्त्रणमा लिइएको गिरिले बताए ।

सामान सहित नियन्त्रणमा लिइएका दुवै ट्रक अनुसन्धान र कारबाहीको लागि बाराकाे पथलैया राजश्व अनुसन्धान कार्यालयमा बुधबार दिउँसाे बुझाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update