Birgunj News24
एक्सपर्ट एजुकेसनको अन्तर्राष्ट्रिय शैक्षिक मेला वीरगंजमा शुरु, मेयर सिंहले गरे उदघाट्न

वीरगंज, ५ चैत्र । एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज वीरगंजको आयोजनामा एकदिने अनतर्राष्ट्रिय शैक्षिक मेला वीरगंजमा शुरु भएको छ । वीरगंजको होटल दियालो लर्ड्स प्लाजामा आज एक समारोहकाबीच वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अन्तर्राष्ट्रिय शैक्षिक मेलाको उदघाट्न गर्नु भएको छ ।

मेलामा अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत र संयुक्त राज्य अमेरिकाको विश्व विद्यालयबाट आएका प्रतिनिधिहरुद्वारा विद्यार्थीहरुलाइ शैक्षिक तथा अध्यागमनका पछिल्ला परिवर्तित नियमहरुका बारेमा निःशुल्क परामर्श उपलब्ध गराइएको एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज अष्ट्रेलियाका बिजनेस डेभलपमेन्ट म्यानेजर सौर्य जोशीले बताए ।

मेलामा युनिभर्सिटी अफ न्यु ईन्गलैण्ड, अष्ट्रेलियन इन्टरनेशनल ईन्स्टीच्युट अफ हायर एजुकेसन, टोरेन्स युनिभर्सिटी, माल्भेन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, युपि एजुकेसन लगायत २५ वटा विश्व विद्यालयका प्रतिनिधिहरुसँंग विद्यार्थीहरुले आफुलाई लागेको विषयमा निर्धक्क एक्लै परामर्श लिने व्यवस्थाका साथै अध्यनका लागि छात्रवृत्तिको व्यवस्थापनमा समेत विद्यार्थीहरुलाई जानकारी दिइएको जोशीले बताए ।

कार्यक्रममा वीरगंज महानगरका मेयरका स्वकिय सचिव सत्यराज घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह, वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज अष्ट्रेलियाका अपरेसन म्यानेजर भुवन पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य विजय कुशवाहा, एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज वीरगंजका प्रबन्धक आकाशनाथ जोशी लगायत मेलामा आएका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ००:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update