Birgunj News24

काठमाडौं, ४ चैत

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिचन्द्र कलेजको हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञीप्त जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

'लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसङ्घ खेद प्रकट गर्दछ', नेविसंघले जारी गरेको विज्ञीप्तमा भनिएको छ।

कुटपिटबाट त्रिचन्द्रमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशरजङ्ग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरी, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी घाइते भएको नेविसंघले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update