Birgunj News24
संविधान सभा सदस्य अनिल रुंगटालाई पितृ शोक   

वीरगञ्ज, २ चैत । संविधान सभा सदस्य एवम् उद्योगी अनिल रुंगटालाई पितृ शोक परेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश रुंगटाको निधन भएपछि रुंगटालाई पितृ शोक परेको हो । लामो समयदेखि अस्वस्थ रुंगटाको ८८ बर्षको उमेरमा बिहीबार दिउँसो निधन भएको हो ।

पाँचदिन अघि स्वास्थ्यमा समस्या देखिएपछि वयोद्या मेडिसिटी अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

वन अधिकृतको रुपमा सरकारी सेवामा समेत काम गरेका रुंगटा सेवा निवृत्त भएपछि व्यापार व्यावसायमा पनि लागेर निजी क्षेत्रको छाता संगठन वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्व समेत गरेका थिए । 

दिवंगत रुंगटाको श्रीमती, तीन छोरा र दुई छोरी छन् । 

जेठो छोरा सुनिल रुंगटा, महिला छोरा अनिल रुंगटा र कान्छा छोरा अनोज रुंगटा हुन् । त्यस्तै छोरीहरु पिंकी गोयल र सुनिता चौधरी हुन् । अनिल नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य तथा अनोज वीरगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित सहकोषाध्यक्ष रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update