Birgunj News24
मञ्जु अन्सारी जसपाबाट समानुपातिक सांसद सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

उनी सप्तरी निवासी हुन् । यसअघि समानुपातिक पद्धतिबाट जसपाले प्रतिनिधिसभा सदस्य चयन गरेको शहनाज रहमानको निधन भएपछि सोही क्लस्टरको पछिल्लो क्रममा रहेकी मञ्जु प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएकी हुन् ।

अब जसपाको सिफारिसलाई निर्वाचन आयोगले आधिकारिकता दिनेछ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update