Birgunj News24

लमजुङ, १ चैत

लमजुङको राइनास नगरपालिकालाई आगामी तिन वर्ष भित्रमा बालमैत्री नगर घोषणा गरिने भएको छ । 

नगरपालिकाले तिनवर्षमा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गरी २०८२ फागुन मसान्त सम्ममा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने जनाएको छ । 

नगरपालिकाले सोको लागि कार्यविधी निमार्ण गरी नगरसभाबाट पारितसमेत गरिसकेको छ । 

 १० वटा वडा रहेको राइनास नगरपालिकाका सवै वडामा बालमैत्री स्थानीय शासनका आवश्यक सुचक पुरा गरी प्रत्येक वडा र नगरलाई बाल मैत्री घोषणा गर्न नगरसभामा सहभागि जनप्रतिनिधि तथा सरोकारबालाहरूले प्रतिवद्धता जनाएका हुन् । 

नगरपालिकालाई बालमैत्री वनाउने सम्वन्धमा चालु आर्थिक वर्षबाट आवश्यक पूर्वाधार तथा कार्यविधि निमार्णसँगै अभिमुखिकरणका काम थालेको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए । 

नगरपालिकाले यसअघि नगरस्तरिय बालक्लव सञ्जाल गठनसँगै स्थानीय बालमैत्री शासन सञ्चालन प्रक्रिया सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरिसकेको छ । 

चैत्र मसान्तसम्म बालबालिकाको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसस्था, विज्ञ सहितको सहभागितामा स्थानीय बाल अधिकार समिति गठन गर्ने नगरपालिकाले जनाएको छ ।

बालमैत्री नगर घोषणाको लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन सँगै स्रोत साधन परिचालन गर्ने राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनालले बताए । 

नगरपालिकाका प्रमुख खड्गवहादुर गुरुङले बालमैत्री नगरपालिका घोषणाको लागि पालिका एक्लैको प्रयासले नहुने भन्दै सम्वन्धित संघसस्था, सरोकारबाला निकाय र नगरबासी सवैको साथ र सहयोगको आवश्यक पर्ने बताए  ।बालमैत्री नगर घोषणामा केही चुनौती भएपनि बालबालिकाको अधिकार सुरक्षित र प्रत्याभूत गराउने कुरामा नगरपालिका प्रतिवद्ध रहेको नगरप्रमुख गुरुङको भनाई छ । 

 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०४:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update