Birgunj News24
उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवका पक्षमा मत दिने निर्णय गरेको छ। बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता प्रकाशरण महतले जानकारी दिए।

यादव जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उपराष्ट्रपतिका उमेदवार बनेका छन्। उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदै छ। बैठकले पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेकोमा गठबन्धनमा आबद्ध दललाइ धन्यवाद दिएको छ।

साथै कांग्रेस बैठकले संविधानको पालना गर्दै राष्ट्रपतिको गरिमा मर्यादा, दायित्व र जिम्मवारीलाई कार्यसम्पादन गर्ने विश्वाससहित बधाई दिएको छ। कांग्रेस बैठकले वैशाख १० गते उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update