Birgunj News24
यूएईमाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ ।

युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो।

यूएईविरुद्ध शानदार जित दर्ता गर्दै नेपालले आगामी कम्तिमा ४ वर्षका लागि एकदिवसीय मान्यता कायम राख्ने सुनिश्चित गरेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।

यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ ।

नेपालले सात राष्ट्र सहभागी लिग-२ मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update