Birgunj News24
राष्ट्रिय सभाको बैठक ८ चैतमा

काठमाडौं, २८ फागुन । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक १० दिनपछि बस्ने गरी सारिएको छ ।

सोमबार दिउँसो १ः०१ बजे बस्ने गरी डाकिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवस १० दिनपछि बस्ने गरी सारिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् । 

सचिव फुयालका अनुसार सोमबारका लागि बोलाइएको बैठक अब ८ चैत बुधबार दिउँसो १ः०१ बजे बस्नेछ । 

यसबारे फुलालले जारी गररेको सूचना :

मिति २०७९ साल फागुन २९ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत ८ गते बुधबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

राजेन्द्र फुयाल

राष्ट्रिय सभाको सचिव

 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update