मिति २०७९/११/२८
अखिलेश प्रसाद साह
बिहान अं.०३:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.वडा नं.८ रमौली स्थित सडक खण्डमा पुग्दा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.१० बेहरा टोलमा बस्ने अं.वर्ष ५६ को दशै मुखियाले टाउकोमा बोराको पोका बोकी जादै गरेको अवस्थामा निज माथि शंका लागी प्रहरी टोलीले रोकी चेकजाँच गर्दा निजले बोकी राखेको बोराको पोका भित्र लागु औषध गाँजा ६.५०० के.जी फेला परेकोले निज दशै मुखियलाई उक्त लागु औषध गाँजा सहित पक्राउ गरेको हुँदा पक्राउ मानिस तथा बरामद लागू औषध गाँजा ईलाका प्रहरी कार्यालय सिमरा बारामा ल्याई थप अनुसन्धान कार्य भइरहेको कुरा सिमरा का प्र.ना.उ. युवराज तिमिल्सिना ले यस अन्लाइन लाई जानकारी गराए |
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



