Birgunj News24

लमजुङ, २७ फागुन 

सुन्दरबजारमा रहेको एचडिसिएस नमूना सामूदायिक अस्पतालले महिलाहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत वडा नम्बर ६ का दिदीबहिनी समूहमा स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । 

समुदायका मानिसहरूमा देखापर्ने विभिन्न किसिमका रोगहरुको बारेमा जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरिएको अस्पताल निर्देशक हेमन्त श्रेष्ठले जानकारी दिएका छन् ।

एचडिसिएसले सञ्चालन गरेपछि नमूना सामूदायिक अस्पतालमा विरामीको संख्या बढीरहेको छ । रोग लागेर उपचार गर्न बाहिर जानु पर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यका साथ अस्पतालले काम गरिरहेको बताएको छ । यसको साथै रोग लाग्नुभन्दा रोग लाग्नै नदिन पनि अस्पतालले स्वास्थ्य सचेतना, स्वास्थ्य जाँच शिविर, सरसफाईका कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

यसै अन्तर्गत महिलाहरुलाई सचेतना कार्यक्रममा सहभागी गराइएको मनोविमर्शकर्ता शोभा ठकुरीले जानकारी दिइन् । नारी दिवसको अवसर पारेर संचालन गरिएको स्वास्थ्य सचेतना कार्यक्रममा महिला रोग विशेषज्ञ डा. विजय शाह, मनोविमर्शकर्ता शोभा ठकुरीले महिलामा हुने रोग, पुरुषमा हुने रोग, मानसिक स्वास्थ्य, समुदायमा फैलने रोग, नसर्ने रोग आदिका बारेमा जानकारी तथा सचेतना दिइएको सहभागीहरुले बताएका छन् ।

सहभागीहरुका अनुसार स्वास्थ्य सचेतना कार्यक्रमले आफूलाई धेरै कुराको जानकारी भएको बताए । कार्यक्रममा ७५ वर्षसम्मका महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम पछि अस्पतालले व्यक्तिगत सरसफाईका सामाग्री वितरण गरेको छ ।

एचडीसीएस नमूना सामूदायिक अस्पतालले सेवा सुविधा विस्तार गर्दै लगेको अस्पतालका अध्यक्ष परमेश्वर अधिकारीले बताए । अब सुन्दरबजार पायक पर्ने सबैलाई उच्चस्तरीय र गुणस्तरीय सेवा दिन अस्पताल सक्षम भएकोलेव उपचारको लागि धेरै पैसा खर्च गरेर टाढा नजान अनुरोध समेत गरिएको अध्यक्ष अधिकारीले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०५:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update