Birgunj News24
निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रपति निर्वाचनको परिणाम

काठमाडौं, २६ फागुन

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको परिणाम बुझाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन आज हस्तान्तरण गरेका हुन् । राष्ट्रपतिमा कांग्रेस सांसद रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update