लालबाबु सिंह ३ असोज वीरगन्ज ।
तेरापंथ युवक परिषद वीरगन्जको सप्ताहिक वृहत् रक्तदान कार्यक्रम अन्तर्गत शनिवार जैन भवन वीरगन्जमा आयोजना भएको रक्तदान कार्यक्रममा ३ महिला सहित ७५ जना ले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा ईन्द्र शोभा श्रेष्ठ , रबि रौनक ठाकुर,रन्जित पोखरेल,आकाश मिश्रा,नवनित क्याल,बिक्रम तिवारी,बिकास केडिया,राम बहादुर यादव,अभिजित ठाकुर लगायतले आआफ्नो अमुल्य रगतको दान गरि मानवता बलियो बनाएका थिए ।
तेरापन्थ युवक परिषद बिरगंजका अध्यक्ष सुनिल दुगडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरु पर्साका प्रहरी नायब उपरीक्षक राजू कार्की ,समाजसेवी राजकुमार बैद,लोकेश जम्मड़ (ABTYP WM), रक्तदान कार्यक्रम संयोजक सौरभ भुटोरिया , आशीष चोरड़िया (रक्तदान ऑन कॉल), पंकज बैद ,पुर्व अध्यक्ष मानवाधिकारकर्मी राजेश बोथरा लगायत विभिन्न संस्थाका प्रतिनिधीहरु ,परिषदका पदाधिकारी सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको बालाजी मेटल्स प्राइवेट लिमिटेडले प्रायोजित र डाबर नेपालले बेवरेज पार्टनर रहेका थिए ।
सो अवसरमा प्रनाउ कार्किले रक्तदान गरेर बिरामिको प्रत्यक्ष रुपमा ज्यान बचाउने भएकोले हामी सबैले रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पुर्ण रक्तदाताहरु एवं आयोजक परिवार प्रती आभार ब्यक्त गर्नु भयो ।
सो अवसरमा समाजसेवी राजकुमार बैधले वीरगन्ज दाता दानिहरुको शहर रहेकोले तेरापन्थ युवक परिषदले आयोजना गरेको जिवनदान जस्तो महादान कार्यमा रक्तदाताहरुको बाक्लो सहभागिता देखेर आफू खुशी भएको र तेरापन्थले विगतका वर्षहरुमा बृहत् रक्तदान , आखादान, स्वास्थ्य शिविर लगायत विभिन्न सामाजिक कार्य गर्दै देश जनता समाजको सेवा सहयोग गरेकोमा सम्पुर्ण परिवार प्रति हार्दिक आभार प्रकट गर्दै शुभकामना दिनु भयो ।
सो हि अवसरमा परिषदका अध्यक्ष दुगडले जीवन जोगाएर मानवता बलियो बनाउने सम्पुर्ण रक्तदाताहरुको मुक्त कण्ठले प्रसंशा गर्दै रक्तदाताहरु ,सहयोगी हातहरु ,परिषदका सम्पुर्ण पदाधिकारी सदस्यहरु प्रति आभार ब्यक्त गर्दै आगामी रक्तदान कार्यक्रममा पनि हातेमालो गरि साथ सहयोग गर्न आग्रह गरेका थिए ।
तेरापन्थ युवक परिषद वीरगन्जले शुक्रबार ब्योधा हस्पिटल बिरगंजमा रक्तदान कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी बृहत् रक्तदान शृङ्खला शुभारम्भ गरेको र सो हि अन्तर्गत आज जैन धर्मशाला ( ७५ पिन्ट) र कावेरी स्कुल बिरगंज ८ मा लायन्स क्लब अफ बिरगंज सन्सकृती गोल्ड र लायन्स क्लब अफ बिरगंज मेट्रो सिटिको सहयोगमा ( २५ पिन्ट ) गरि २ स्थानमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको थियो र भोलि पर्सि लगायतका आगामी साताब्यापी कार्यक्रममा बढी भन्दा बढी पिन्ट रगत संकलन गर्ने यो क्रममा सबैको सहयोगमा विभिन्न कलकारखाना , अस्पताल , क्लिनिक, संघसंगठन, विधालय लगायतको स्थानहरुमा निरन्तर आयोजना गरिने जसबाट रक्तसञ्चार वीरगन्ज केन्द्रमा भएको रगतको अभाव केही हद सम्म पूरा गर्ने योजना बनाएको हो ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डे को नेतृत्वमा रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए ।
भोजपुरी मे


