भाद्र २२ बिरगंज ।
बिरगंज कपडा बैंकले भोटेकोशीमा आएको अकल्पनीय विनाशकारी बाढीका कारण दिवङ्गत हुनुभएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्न "दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम" गर्नुका साथ घाइतेहरुको शिघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाहरुको सकुशलताको कामना गरेको छ ।
बिरगंज कपडा बैंकको कार्यालय बिरगंज ८ मा सोमबार साझ बाढिमा ज्यान गुमाउने मृत आत्माको चिर शान्तिको कामनामा एक मिनेटको मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको हो ।
बिरगंज कपडा बैंकको अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा बरिस्ठ सल्लाहकार समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता,समाजसेवी प्रकाश उपाध्याय , समाजसेवी वरुण चौरसिया ,समाजसेवी हुकुम सिंह राजपुत,समाजसेवी श्रवण बहादुर रायमाझी ,नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोश तिवारी, समाजसेवी दिपक खडगी,श्रीमती सुशिला देवि ,कोषाध्यक्ष मनोज मिश्रा, जानकी देवि ,संजय मण्डल ,नवराज भट्टराई ,केदार गुप्ता, कर्मचारी मिथलेश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा अधिवक्ता पननालाल गुप्ताले भोटेकोसी नदिमा आएको विनाशकारी बाढीको कारण हजारौको ज्यान जानुको साथौ हजारौ घाइते र हजारौ बेपत्ता र हजारौ परिवार एवं घरबार बिहिन भएको अत्यन्तै दुख्द बिपत्तिले पुरै देश जनता शोकको घडिमा डुबिरहेको विषम समयमा आउनुहोस हामिसबै मिलिजुली एकजुट भई पीडितहरूको घाउमा मलहम लगाऔं मानवता बलियो बनाऔ आग्रह गर्दै श्रद्धाञ्जली अर्पण को साथै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
अध्यक्ष सिंहले सो अवसरमा देशमा आएको विनाशकारी बिपत्तिमा सम्पुर्णलाई एकजुट भयेर हातेमालो गरि पीडितहरूको सेवा सहयोग गर्न आग्रह गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण एवं सम्वेदना ब्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभ तथा बेपत्ताहरुको सकुशलताको कामना गरेका थिए ।


