बिरगंज २२ भदौ
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले भाद्र १० गते भोटेकोसी नदिमा आएको बिनाशकारी बाढिमा परेर ज्यान गुमाएका नागरिकहरुको सम्झनामा मैनबती प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त महाबिपत्तिमा ज्यान गुमाएकाहरुको आज तेर्हौ दिनको पुण्यतिथीको अबसर पारेर रास्वपा पर्साले आज दिप प्रज्वलन एबम श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति हरि पन्तले भाद्र १० गते भोटेकोसीको बाढीमा परि ज्यान गुमाएकाहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै शोक सनतप्त परिबारजनमा गहिरो समबेदना प्रकट गरेका थिए । उनले बाढिमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्दारमा सरकारले कुनै पनि कसर बाकि नरख्ने पनि बताए ।
श्रद्धाञ्जली सभामा काबा सभापति तुल्सा पौडेल , सचिब सुदिश प्रजापती ,क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र , फैयाज मिया र पालिका सभापतिहरु रमाकान्त चौधरी , चन्दन यादब, माधब बस्नेतका साथै मह्मुद्दिन आलम , अक्ष्य द्विबेदी , गौतम श्रेष्ठ , सुमित चौरसिया , सम्साद अन्सारी , दीपेन्द्र मण्डल लगायतका नेताहरुको उपस्थिति थियो भने सभालाइ कृष्ण पास्वानले संचालन गरेका थिए ।


