Birgunj News24
नुवाकोटको उत्तरगया मिनिमार्टमा २४ शव फेला।

नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्टमा २४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सोमबार खोज तथा उद्धारका क्रममा मिनिमार्टभित्रबाट २४ वटा शव फेला पारिएको हो।

प्रहरीका अनुसार फेला परेका शवमध्ये १० वटा शव काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ। बाँकी शवसमेत पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न सोही अस्पताल पठाइने प्रहरीले जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार गर्ने क्रममा मिनिमार्टमा ती शव फेला परेको प्रहरीले जनाएको छ। शवहरू बाढीले बगाएर मिनिमार्टभित्र थुपारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  २०:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update