Birgunj News24
रसुवाको विनाशकारी बाढी : बेपत्तामध्ये ६१६ जनाको शव फेला।

काठमाडौं ,१३ भदौ ।  रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६१६ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बाढी तथा पहिरो प्रभावित विभिन्न स्थानबाट बेपत्ता भएकाहरूको खोजीका क्रममा ६१६ जनाको शव फेला परेको हो।

प्रहरीको विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।

त्यस्तै, बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन्।

बेपत्ताको खोजी तथा उद्धार कार्य विभिन्न स्थानमा अझै जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १८:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update