Birgunj News24
रसुवाका बाढीपहिरो पीडितका लागि नेपाल जेसीजद्वारा रु. १० लाख सहयोग।

रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल जेसीजले रु. १० लाख सहयोग गरेको छ।

नेपाल जेसीजले देशभरिका जेसीज सदस्यहरूबाट राहत रकम संकलन गरी सञ्चालन गरेको ‘एक सदस्य, एक सय’ अभियान–२०२६ अन्तर्गत उक्त रकम संकलन गरिएको हो। संकलित रकमबाट तत्काल राहतका लागि रु. १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको नेपाल जेसीजले जनाएको छ।

जेसीआईको मूल मन्त्र “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” लाई आत्मसात् गर्दै विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

देशभरिका जेसीज सदस्यहरूको सक्रिय सहभागिता, सहयोग र ऐक्यबद्धताबाट संकलित उक्त रकमले बाढीपहिरो प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

मानवीय सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै नेपाल जेसीजले आगामी दिनमा समेत विपद् तथा संकटमा परेका नागरिकको सहयोगका लागि आवश्यक पहल र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update