Birgunj News24
१६ विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै नलिश्का प्रजापति प्रथम।

वीरगञ्ज, ११ भदौ । गौतम माध्यमिक विद्यालय, वीरगञ्ज–१३ ले आफ्नो ५०औँ स्वर्ण जयन्ती वर्षको अवसरमा आयोजना गरेको अन्तरविद्यालय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा वीरगञ्ज तथा आसपासका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा १६ विद्यालयका विद्यार्थीलाई पछि पार्दै रॉयल एकेडेमीकी नलिश्का प्रजापति प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले समसामयिक विषयमा आफ्ना तर्क, विचार तथा धारणा प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको तार्किक क्षमता, अभिव्यक्ति कौशल र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक विद्यालयले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई आयोजक विद्यालयले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको थियो।
गौतम माध्यमिक विद्यालयले आफ्नो ५०औँ स्वर्ण जयन्ती वर्षका अवसरमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update