Birgunj News24
मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न।

वीरगञ्ज,८ भदौ

मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजमा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

आफत नेपाल वीरगञ्ज र ग्रीनसिटी सामुदायिक प्रहरी केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई मानव बेचबिखन, लैङ्गिक हिंसा, यसको जोखिम, रोकथाम तथा हिंसाविरुद्ध अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीले मानव बेचबिखन तथा लैङ्गिक हिंसाका विभिन्न पक्षबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी गराउनुभयो। उहाँले मानव बेचबिखन तथा हिंसाका घटनाबाट जोगिन सचेत र सजग रहनुपर्नेमा जोड दिँदै कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो।

प्रहरी निरीक्षक सुवेदीले विद्यार्थीहरू समाजमा हुने हिंसा तथा बेचबिखनविरुद्ध सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै सुरक्षित समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी तथा आयोजक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममार्फत विद्यार्थीहरूमा मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्दै सुरक्षित र हिंसामुक्त समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १९:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update