Birgunj News24
सर्लाहीमा ६६० किलो गाँजा बरामद, दुई जना पक्राउ।

वीरगञ्ज– सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनीखोला क्षेत्रबाट प्रहरीले भारी परिमाणको अवैध लागूपदार्थ गाँजा बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो बर्दिबास शाखाबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार दुई फरक स्थानमा लुकाएर राखिएको कुल ६६० किलोग्राम गाँजा बरामद गरेको हो ।

ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) जीवन निरौलाका अनुसार गाँजा भण्डारण तथा कारोबारमा संलग्नावस्थामा स्थानीय ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई पक्राउ गरिएको छ । प्रहरीले नरबहादुरको साथबाट २६ वटा बोरामा प्याक गरी लुकाइएको ५६० किलो र जेसुनमायाको गोठबाट १०० किलो गाँजा बरामद गरेको हो ।

बरामद गाँजा र नियन्त्रणमा लिइएका दुवै अभियुक्तहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाइएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १५:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update