लालबाबु सिंह १ भाद्र बिरगंज । बिरगंजबाट प्रकाशन हुने प्रतीक दैनिकको ४०औं वार्षिकोत्सव र सुबोध स्मृति पत्रकारिता पुरस्कार एवं अन्य पुरस्कार वितरण कार्यक्रम सोमबार बिहान बिरगंज महानगर१५ स्थित ज्येष्ठ नागरिक पार्कको सभाहलमा सम्पन्न गरिएको छ ।
प्रतीक प्रकाशनका निर्देशक बिन्दु शर्माको अध्यक्षता एवं मधेश प्रदेशका कृषि ,भुमी तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सर्वराष्ट्रिय दैनिकका प्रकाशक सम्पादक पत्रकार महेशचन्द्र गौतम, स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कारबाट युवा पत्रकार अर्जुन चौधरी, प्रतीक दैनिकका स्तम्भकार राजेन्द्र कोइराला र सम्बाददाता चिरञ्जीवी सापकोटा र प्रेस कर्मचारी विजयबहादुर श्रेष्ठलाई नगद सहित सम्मानपत्र प्रदान गरि सम्मानित गरिएको थियो।
उहाहरुलाइ प्रमुख अतिथी मन्त्री पटेलले सम्मानपत्र एवं नगद प्रदान गरि र गम्छा र टीका प्रधान सम्पादक शर्माले लगाएर सम्मान गरेका थिए
सो अवसरमा स्वागत मन्तब्य दिदै प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले पत्रकारिता को दुख कष्ट समस्याहरु सङै सुचनाको प्रवाह पनि तिब्र भएको छ, आजको समाजमा पत्रकारिता लाई पुर्वाग्रहि हिसाबले हेर्दछु र समय सङै पत्रकारिता जगतमा रहेको बिसङ्गतीलाई हटाउदै मजबुत बनाउदै लैजान आजको आवश्यकतामा जोड दिएका थिए ।
सो अवसरमा प्रमुख अतिथी मन्त्री पटेलले प्रतीक दैनिक आफैमा एउटा ईतिहास रहेको र त्यो पनि सुनौलो ईतिहास भन्दै जनताको सुसुचित गर्दै पत्रकारिता जगतमा यसले एउटा छुट्टै अध्याय कोर्दै पत्रकारितालाइ सम्मानित बनाएकोमा प्रतीक दैनिक बिरगंजबाट प्रकाशित हुने भएकोले आफुहरुलाइ झनै गर्व लाग्ने गरेको बताउदै वार्सिकोत्सव को र यस अवसरमा सम्मानित हुने सम्पुर्णलाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिदै आफू र प्रदेश सरकार पत्रकारिता जगत को थप सम्मान एवं बलियो बनाउन लागि परेको बताएका थिए ।
प्रतीक प्रकाशनका निर्देशक बिन्दु शर्माको अध्यक्षता एवं मधेश प्रदेशका कृषि ,भुमी तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा अतिथीहरु पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,ज्येष्ठ नागरिक संघका अध्यक्ष ई बैजनाथ प्रसाद कोईरी , पुर्व अध्यक्ष श्याम पोखरेल, ब्रहकुमारी राजयोग केन्द्रका सन्चालिका रबिना दिदी , पत्रकार महासंघ पर्साका सभापती ओम प्रकाश खनाल, बिरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतम ,उधोगपती एवं साहित्यकार गणेश लाठ , लायन्स क्लब पोखरियाका अध्यक्ष नेजामुद्धिन समानी ,समाजसेवी प्रकाश उपाध्याय ,बिरगंज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह लगायत प्रबुद्ध ब्यक्तित्व एवं सन्चारकर्मिहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण पत्रकार धर्मेन्द्र चौरसियाले गरेका थिए ।


