Birgunj News24
अवैध बालुवा उत्खननमा संलग्न २ ट्याक्टरसहित चालक नियन्त्रणमा।

वीरगञ्ज, १ भदौ। पर्सागढी नगरपालिका–३ भेडहास्थित सबैया साझेदारी वन क्षेत्रमा अवैध रूपमा बालुवा उत्खननमा संलग्न दुई वटा ट्याक्टरलाई सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको टोली र सब–डिभिजन वन कार्यालय, सबैयाबाट खटिएको संयुक्त गस्ती टोलीले अवैध रूपमा बालुवा उत्खनन गरी ट्याक्टरमा लोड गर्दै गरेको अवस्थामा ना.६ त ३६२३ र ना.६ त ६४२३ नम्बरका दुई वटा ट्याक्टरसहित दुई जना चालकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्याक्टर तथा चालकलाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय, सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update