Birgunj News24
लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डद्वारा आवर संसार बाल गृहलाई शैक्षिक सामग्री सहयोग।

वीरगञ्ज । समाजसेवा र मानवताको भावनालाई आत्मसात् गर्दै लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डले वीरगञ्ज–परवानीपुरस्थित आवर संसार बाल गृहलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ।
बाल गृहमा रहेका २२ जना विद्यार्थीहरूको दैनिक शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै क्लबले कापी, कलम, स्केच कलरलगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डकी अध्यक्ष लायन खुश्बु अग्रवालले हाम्रो क्लब समाजसेवा तथा मानवीय सहयोगका कार्यमा निरन्तर समर्पित रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, आवर संसार बाल गृहका कोर्डिनेटर मुकेश साहले सहयोगका लागि लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डप्रति धन्यवाद व्यक्त गर्दै क्लबले गरेको सहयोगले बाल गृहमा रहेका विद्यार्थीहरूलाई ठूलो राहत पुगेको बताउनुभयो।
लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डकी अध्यक्ष लायन खुश्बु अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबकी निवर्तमान अध्यक्ष लायन सोनी अग्रवाल, सेक्रेटरी लायन रन्जना टेकरीवाललगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
क्लबको यस सेवामूलक कार्यले समाजमा सहयोग, करुणा र एकताको सन्देश प्रवाह गर्नुका साथै लायन्स क्लबको मूल नारा “We Serve” लाई व्यवहारमा उतारेको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update