Birgunj News24
वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न।

वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रममा गौतम स्कुलको संवरण जयन्ती वर्षमा सराहनीय सहयोग र सेवा ।
लालबाबु सिंह ३० श्रावण वीरगन्ज। 
वीरगन्ज को नारायणी अस्पताल प्राङ्गणमा बिगत ३ वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि निशुल्क भोजन शिविर आयोजना गरि सेवा गर्दै आएको बिरगंज समाज सेवा लाई गौतम स्कुल बिरगंज ले आफ्नो स्वर्ण जयन्ती वर्षको अवसरमा सहयोग गर्नु का साथै प्रत्यक्ष सेवा अनि गरेको छ । गौतम स्कुल द्वारा सामाजिक सेवाको क्षेत्रमा सेवारत गौतम समाज कल्याण संस्थाले आज को निशुल्क भोजनको सम्पुर्ण खर्च ब्योहोर्नु का साथै प्रत्यक्ष सेवा गरि सराहनीय उदाहरण पेश गरेको छ ।
समाजले सो निशुल्क भोजन सेवा निरन्तर ३ वर्षको ४ थो महिना श्रावणको ५ औ सप्ताहमा पनि सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । नियमित रुपले  सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीहरु, कुरुवाहरु, असहायहरु को साथै रिक्सा,ईरिक्सा चालकहरु , यात्री ,बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध एवं गुणस्तरीय पोषिलो भोजन खुवाएको हो ।
 सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका प्रकाश बाहेतीले " सेवा नै धर्म हो " को मुलमन्त्र लाई आत्मसात गरि कोहि पनि भुखा नरोस भनी ३ वर्ष अगाडि माइस्थान मन्दिर प्राङ्गणमा केही साथिहरु मिलेर सेवा अभियान शुरु गरेको स्मरण गर्दै ३ स्रो सप्ताह देखि हामिले नारायणी अस्पताल जस्तो अधिकान्श बिपन्न असहायहरु को उपचार स्थल भएको र यहा घर जस्तै खाना निशुल्क रुपमा निरन्तर भोजन खुवाएर सेवा गर्दा असाध्यै खुशी एवं गर्व लाग्ने गरेको बताउदै आजको निशुल्क भोजन कार्यक्रममा गौतम स्कुलले आजको निशुल्क भोजन कार्यक्रमको सम्पुर्ण सहयोग गर्दै प्रत्यक्ष सेवा गर्नु भएकोमा उहाहरु को साथै सम्पुर्ण दाता,सल्लाहकार , पदाधिकारी सदस्य एवं सेवकजन प्रति हार्दिक आभार ब्यक्त गर्नु भयो ।
 आजको भोजनमा समाजका सेवकहरुले शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल, कोभि आलुको मिक्स तरकारी , हरियो भुटेको खुर्सानीको अचार ,हरियो काक्रो लगायतको भोजन वृद्ध , महिला, बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थिए ।
सो अवसरमा गौतम स्कुल बिरगंजका अध्यक्षले दिन दुखी असहाय पिडामा रहेकाहरुको  सेवा सहयोग गर्ने हातहरु लाई ईश्वरले आफ्नो प्रीय बनाउने ,आफ्नो सानिध्यमा राख्ने हुनाले हामी सबैले हातेमालो गरि सेवा कार्य गर्न आग्रह गर्दै नारायणी अस्पताल जस्तो अधिकान्श टाढा टाढा गाउका बिपन्नहरु स्वास्थ्य उपचारको लागि आउने स्थलमा घर जस्तो स्वादिलो पोषणयुक्त भोजन निशुल्क खुवाएर सेवा गरेकोमा आफुहरु निकै खुशी भएको भन्दै समाज परिवारको मुरि मुरि प्रसंशा गर्दै आज फेरि यहाँ केही सहयोग लिएर आएको र प्रत्यक्ष सेवा गर्न आएकोमा आफुसबै हर्षित बनेको र आगामी दिनमा पनि सक्दो हातेमालो गर्ने बताउनु भयो ।
  बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न  निशुल्क भोजन कार्यक्रममा गौतम स्कुल बिरगंजका शिक्षकहरु रमेश शर्मा ,ललित कर्ण ,स्वराज प्रधान,मन्सुर आलम ,गणेश क्षेत्री एवं एनसिसी का कैडेटहरु विद्यार्थी ,कर्मचारीहरु , समाजका सल्लाहकार समाजसेवी राजेश बरनवाल ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , सदस्य निशान्त लाठ,कल्पना किङरिङ, मुकेश अग्रवाल,रामबाबु गुप्ता, बजरङ अग्रवाल,शंकर राइ,सांचे मगर लगायत सन्चारकर्मि अभिलाष गुप्ता लगायतको सहभागिता एवं सराहनिय सेवा प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update