Birgunj News24
जगरनाथपुरका विपन्न परिवारलाई वृजेश्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ सहयोग।

वीरगञ्ज । जगरनाथपुर गाउँपालिकाका एक अति विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिन अवस्थामा रहेको उक्त परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले चौधरीले सहयोग गरेका हुन्।

चौधरीले विपन्न परिवारलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए। उनले आफूले सक्ने अवस्थासम्म आगामी दिनमा पनि यस्ता परिवारलाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “आफूले सकेको सहयोग निरन्तर गरिरहनेछु। समस्यामा रहेका परिवारलाई थोरै भए पनि राहत दिन पाउँदा मलाई खुसी लागेको छ।”

चौधरीले यसअघि पनि विपन्न तथा समस्यामा परेका परिवारलाई निरन्तर सहयोग गर्दै आएका छन्। उनको सहयोगले परिवारलाई तत्कालीन आवश्यकताहरू पूरा गर्न केही सहज हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update