Birgunj News24
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल रेडक्रस पर्सा द्वारा ब्लड बैंकमा रक्तदान एवं सरसफाइ कार्यक्रम आयोजना सम्पन्न।

लालबाबु सिंह २७ सावन बिरगंज ।
अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले बुधबार बिहान ब्लड बैंक वीरगन्जमा रक्तदान कार्यक्रम को साथै सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।  सो अवसरमा शाखा सभापती पटेल सहित नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी ,राधेकृष्णा पाण्डे,अमित साह,मनिष सिंह लगायत ३० जना रक्तवीरहरुले आअफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका हुन ।

नेपाल रेडक्रस सोसाइटी पर्सा का सभापती बृजकिशोर पटेलको  नेतृत्व एवं प्रत्यक्ष रक्तदान गरि शुभारम्भ भएको अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको भवन परिसर र ब्लड बैंक परिसरको सरसफाई गर्नुका साथै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा सभापति पटेलले केही समय देखि बिरगंज ब्लड बैंकमा रगतको कमि भएर बिरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरुमा उपचार गराउन आउने बिरामिहरुलाइ स्वास्थ्य लाभ गर्न असाध्यै कठिन भैरहेकोले आज यो कार्यक्रम गरिएको र युवाहरुको कान्धमा नै रहनेहुनाले छोटो समयको सुचनामा ब्लड बैंक पुगेर आआफ्नो अमुल्य रगत दान गरेर कसैको जीवन जोगाउन मद्दत गरेका सम्पुर्ण रक्तवीरहरु लाई हृदय देखि आभार प्रकट गर्दै मानवता प्रेमी सम्पुर्णलाई रक्तदान कार्यक्रम को आयोजना गर्न वा सिधै ब्लड बैंकमा पुगेर रक्तदान गर्न आग्रह गरेका थिए ।

बिहान ७.३० बजे सरसफाइ गरि  रक्तदान कार्यक्रम शुभारम्भ भएको रक्तदान कार्यक्रम अहिले साझ सम्म ६ बजेसम्म ३० जनाले रक्तदान गरिसकेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिएका छन ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update