वीरगन्जमा १६.५७ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ।
पर्सा - पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट प्रहरीले ब्राउन सुगर सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आइतबार सडकबाट भारतको मोतिहारी, पन्टोका श्रीपुर ग्राम पञ्चायत–१ निवासी डोमा पासवानका करिब २५ वर्षीय छोरा शत्रुधन पासवानलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनको शरीर खानतलासी गर्दा १६.५७ ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ।
पक्राउ परेका पासवानमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि लागेको आरोप अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी रहेको छ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०८३ १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


