Birgunj News24
लायन्स क्लब ईन्टरनेशनल जोन ३७ द्वारा कपडा सहयोग ।

लालबाबु सिंह २४ श्रावण बिरगंज ।
लायन्स क्लब ईन्टरनेशनल जोन ३७ द्वारा वीरगन्ज कपडा बैंकलाई आइतबार कपडा सहयोग गरेको छ । लायन्स क्लब अफ बिरगंज पिन्क सिटिका उपाध्यक्ष कुसुम बरनवालको नेतृत्वमा जोन चेयर पर्सन पिन्की साह, बिरगंज प्रभु का प्रेसिडेन्ट सरिता सिंह , डिष्ट्रीक कैबिनेट अफिसर दिगम्बर गुप्ता,बिरगंज कुटुम्ब का डिष्ट्रीक कैबिनट अफिसर सन्चिता प्याकुरेल , पिन्क सिटिका सचिव ब्युटी जैसवाल,कोषाध्यक्ष रुपशिला जैसवाल , बिरगंज प्रभुका सदस्यहरु बिन्दिया प्रधान र प्रतिमा झा लगायतले ४ बोरा ८ झोला कपडाहरु वीरगन्ज कपडा बैंकको कार्यालयमा पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा वीरगन्ज कपडा बैंकका सल्लाहकार श्रवण बहादुर रायमाझी र कार्यालय सहयोगी मिथलेश श्रीवास्तव लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा पिन्क सिटिका कुसुम बरनवालले लायन्स क्लबले हामी सेवा गर्छौ को भावना सहित विभिन्न समयमा विभिन्न कार्यक्रमको आयोजना गरि दिनदुखी असहायको सेवा सहयोग गर्दै आएको बताउदै र आज बैंक मार्फत कपडा सहयोग गरेका हौ र यो सेवा सहयोग आगामी दिनमा पनि जारी रहने बताउनु भयो ।  
  सो अवसरमा जोन चेयर पर्सन पिन्की साहले वीरगन्ज कपडा बैंकले विगत केही वर्ष देखि दिन दुखी असहाय को साथै आगलागी बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशीका साथ उहाहरुको कार्यमा हातेमालो गर्न केही कपडाहरु लियेर आएका छौ साथै आगामी दिनमा लायन्स क्लबको साथ सहयोग रहनेछ भनी प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सो अवसरमा बैंकका अध्यक्ष सिंहले कोहि पनि नाङ्गो नरहोस भनी तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै लायन्स क्लबले देश समाजको हितको लागि सेवा सहयोग ,सशक्तीकरणको साथै समाजका दिन दुखी असहायहरुको लागि विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएको र आज फेरि यहाँ आएर बैंक मार्फत कपडा सहयोग गर्नुभएको मा सम्पुर्णलाइ स्वागत एवं धन्यवाद प्रकट गर्नु भयो ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update