Birgunj News24
विश्व हिन्दू परिषद् नेपालद्वारा कप्तानगञ्ज घटनाका मृतक परिवारलाई १ लाख, घाइतेलाई ११ हजार दिने।

वीरगञ्ज, २४ साउन । विश्व हिन्दू परिषद् नेपालले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ११ हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

घटनामा घाइते भई अस्पतालमा उपचाररत दुई जनालाई परिषद्ले शनिबार नै प्रतिव्यक्ति ११ हजार रुपैयाँका दरले नगद सहयोग हस्तान्तरण गरेको छ। परिषद्का राष्ट्रिय संगठन सचिव प्रह्लाद रेग्मीले अस्पतालमै पुगेर घाइतेलाई राहत रकम प्रदान गर्नुभएको हो।

घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि सचिव रेग्मीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारको पीडामा साथ दिन तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले राहत उपलब्ध गराइएको बताउनुभयो।

परिषद्का अनुसार घटनामा ज्यान गुमाएका अन्य व्यक्तिका परिवार तथा घाइतेहरूलाई पनि तोकिएको राहत रकम छिट्टै हस्तान्तरण गरिनेछ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update