सशस्त्रका यी दर्जन एसएसपीको जिम्मेवारी हेरफेर।
सशस्त्र प्रहरी बल (एपीएफ) का दर्जन वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।
सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय हलचोकले बिहीबार जारी गरेको पत्रअनुसार गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहअन्तर्गतका १२ जना एसएसपीको सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम (१) को (ख) बमोजिम विभिन्न कार्यालयमा सरुवा गरिएको हो ।
सरुवा हुनेमा नीरकृष्ण अधिकारी, रमेश कुमार पाण्डे, तीर्थराज पौडेल, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली, तेजप्रसाद पोखरेल, विरेन्द्रबहादुर ऐर, समिक कुमार महर्जन, सुधिर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी र चित्रांगत दाहाल रहेका छन् । अधिकारी मानवस्रोत विभागमा पुगेका छन् । साभार :- नब नेपाल
प्रकाशित मिति: शनिबार, साउन २३, २०८३ २२:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


