बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक भारतीय नम्बरको ट्रेलर ट्रकले पाँचवटा सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको छ।
मिति २०८३/०४/२२ गते राति करिब १० बजे हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको HR 69 D 7969 नम्बरको भारतीय ट्रेलर ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा प्रवेश गरी अनियन्त्रित भएर पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका पाँचवटा सवारीसाधनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी सहायक निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। दुर्घटनापछि भारतीय ट्रेलरका चालक फरार भएका छन्।
दुर्घटनामा ना.१ ज ६८८१ नम्बरको कार/ट्याक्सीको अगाडिको भागमा क्षति पुगेको छ। उक्त सवारीका चालक चितवन भरतपुर महानगरपालिका–१० का मनोज गुरुङ


