२३ श्रावण वीरगन्ज ।
वीरगन्ज कपडा बैंकले वीरगन्ज महानगरपालिका २२ मनियारीको मुसहर टोलमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रबार सम्म बिहान १०.३० देखि ६ बजे सम्म र शनिबार दिनको १ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शनिबार मनियारीमा नया पुरानो गरि करिब ६ सय थान कपड़ा वितरण गरिएको सल्लाहकार श्रवण बहादुर रायमाझीले बताए ।
सो अवसरमा प्रमुख अतिथी समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायले मानविय सेवाको कार्यहरुमा हामी सबैले हातेमालो गरि मानवता बलियो बनाउनु पर्दछ भन्दै दिन दुखी असहायको सेवा सहयोगमा हामी सबैले सक्दो दान सहयोग गर्नु पर्दछ जस्ले गर्दा मानवता बलियो हुन्छ किनभने सेवा नै सर्वोत्तम धर्म हो बताउदै मानवताको मर्म अनुरुप सेवा सहयोग गर्न आग्रह गरेका थिए ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता एवं संस्थाका सल्लाहकार समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बैंक का सल्लाहकार एवं सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी , बैंकका सदस्यहरु निला कुमारी राम, हरेन्द्र पटेल ( बाबा), नवराज भट्टराई , कर्मचारी मिथलेश श्रीवास्तव, सन्चारकर्मि आकाश कुमार पटेल लगायत को सहभागिता रहेकों थियो ।
सो कार्यक्रममा अध्यक्ष सिंहले कोहि नाङ्गो नरहोस को भाव लाई मुलमन्त्र बनाइ बिगत ७ वर्ष देखि नया पुरानो कपडा मार्फत मानविय सेवामा कार्यरत बैंकलाइ सहयोग गर्ने सम्पुर्ण दाता, सुभेच्छुक, सन्चारकर्मी, सल्लाहकार , पदाधिकारी सदस्यहरुलाइ हार्दिक आभार धन्यवाद प्रकट गरेका थिए ।


