Birgunj News24
बारामा करेन्ट लागेर एकजनाको मृत्यु।

वीरगञ्ज– बाराको आदर्श कोतवाल गाउँपालिका– ७ कोतवालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गणेश महतो कोइरी रहेका छन् । कोइरीलाई विद्युतको पोलको नांगो तारमा हुक लगाउने क्रममा करेन्ट लागेको हो । उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

कोइरीलाई तत्काल उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएको थियो। जाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १९:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update