Birgunj News24
लहानबाट कर्फ्यु हटाइयो, गोलबजारमा अझै जारी।

सिरहा, १६ साउन । सिरहाको लहान क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ भने गोलबजार नगरपालिकामा भने सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्युलाई निरन्तरता दिइएको छ।

सुनसरीमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यसको विरोधमा गोलबजारमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको ज्यान गएको थियो।

मृतक गणेश यादवका परिवारसँग सहमति भइसके पनि गोलबजारको अवस्था पूर्ण रूपमा सामान्य नभएकाले कर्फ्यु तत्काल नहटाइने प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गणेश यादवको शव गोलबजार ल्याएर आवश्यक प्रक्रिया पूरा नभएसम्म कर्फ्यु यथावत रहनेछ। स्थानीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रशासनले थप निर्णय लिने जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update