सिरहा झडप : गोली लागेर घाइते भएका किशोरको मृत्यु।
वीरगञ्ज, १४ साउन । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार औरही गाउँपालिका–२ निवासी करिब १५ वर्षीय गणेश यादवको निधन भएको हो।
सहायक सीडीओ बरालले गणेश यादवको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गर्दै घटनाको थप विवरण संकलन भइरहेको बताए।
घटनापछि सम्भावित थप तनावलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेशसमेत जारी गरेको छ।
प्रशासनले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३ १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


