Birgunj News24
मधेशमा सरकारी सवारी साधनको प्रयोगमा कडाइ, अत्यावश्यक कामबाहेक नचलाउन निर्देशन।

वीरगञ्ज, १४ साउन । मधेश प्रदेश सरकारले प्रदेशभरका सरकारी कार्यालयलाई सरकारी सवारी साधनको प्रयोगमा कडाइ गर्न निर्देशन दिएको छ।

प्रदेशमा पछिल्लो समय देखिएको सुरक्षा संवेदनशील अवस्थालाई मध्यनजर गर्दै गृह, सञ्चार तथा कानुन मन्त्रालयले अत्यावश्यक सरकारी कामबाहेक अन्य प्रयोजनमा सरकारी सवारी साधन प्रयोग नगर्न तथा नगराउन सबै जिल्ला र सरकारी निकायलाई पत्राचार गरेको हो।

मन्त्रालयका अधिकृत राधेशंकर प्रसाद पन्तद्वारा जारी पत्रमा हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारी सवारी साधनको प्रयोग न्यूनतम गर्न र ती सवारी साधनको सुरक्षित व्यवस्थापन सुनिश्चित गर्न आग्रह गरिएको छ।

मन्त्रालयले सबै सरकारी कार्यालयलाई उक्त निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ। प्रदेशभर सुरक्षा सतर्कता बढाइएका बेला सरकारी सम्पत्तिको सुरक्षा र आवश्यक सेवाको निरन्तरतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update